तत्काल प्रदेश र स्थानीय निर्वाचन गरौँ: मुख्यमन्त्री शाह

बैतडी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन्। धनगढीका पत्रकारसंग छलफलका क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।

संघमा नयाँ जनादेशको सरकार आइसकेको बताउँदै अब प्रदेश र स्थानीय तहमा पनि चाडै निर्वाचन हुनुपर्ने मुख्यमन्त्री शाहको तर्क थियो। पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार सुदूरपश्चिमका पत्रकाहरुले मुख्यमन्त्री शाहसंग छलफल गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.