बैशाख ३१, शनिबार २०७९
बैतडी -बैतडीका ८ वडाको मतपरिणाम आएको छ ।दशरथचन्द नगरपालिका वडा नं १ र ११, शिवनाथको १ र २, पुर्चौडीको १०, सिगास गाउँपालिकाको वडा नं १, मेलौली नगरपालिका वडा नं १ र सुर्नया वडा नं १ को मतपरिणाम आएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका वडा न.१मा नेकपा एमाले का बिष्णु भट्ट विजयी भएका छन् ।भट्ट निवर्तमान वडाअध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्ट लाई २४ मतले पराजीत गर्दै विजयी भएका हुन्।
बिष्णु ८सय १४ मत सहित विजयी हुनुभएको हो भने, भुवनले ७ सय ९०मत प्राप्त गरेका छन् । यसैगरी दशरथचन्द नगरपालिका वडा न. ११ मा नेकपा एमालेकै जयदत्त पन्त प्यानल सहित विजयी भएका हुन् । जिल्लाको सुर्नया गाउँपालिका वडा न १ मा नेकपा एमालेका धन बहादुर चन्द बिजयी भएका हुन् ।
मेलौली नगरपालिका वडा न.१ मा नेकपा९एमाले०का सरदसिंह नेगी प्यानल सहित विजयी भएकाछन् । उनले ५सय २२ मत प्राप्त गरि विजयी हुदाँ उनका निकटतम् प्रतिद्धन्दी नेपाली काग्रेसमा उम्मेदवारले ४४२ मत ल्याएका छन् । शिवनाथ गाउँपालिका वडा न। २मा नेकपा एमाले का बिरेन्द्र सिंह साउद प्यानल सहित वडाअध्यक्षमा विजयी भएका छन् । साउदले ७सय ७४ मत ल्याई जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णसिंह साउदले ७सय ३२ मत प्राप्त गरेका छन् ।
यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा न।१० मा नेपाली कांग्रेसका हिक्मत बिष्ट बिजयी भएका छन् । उनले ४८५ मत प्राप्त गरेर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका गोपाल सिंह महारले ४६२ मत प्राप्त गरेका छन् ।
सिगास गाउँपालिका १ मा कांग्रेसका रामचन्द्र ऐरी बिजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार ऐरीले ३५६ मत ल्याएर बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका गगन सिंह धामी १९३ मत ल्याएका हुन् । जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड बिजयी भएका हुन् । ८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
स्टार बुलेटिन……..
पञ्चेश्वर ६ मा पनि थपिए