बैतडीको पाटनमा गठबन्धनको अग्रता


जेठ १, आइतबार २०७९

बैतडी –बैतडीको पाटन नगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांंग्रेसका गौरीसिंह रावलले २ हजार ६९० मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारीले २ हजार ४५४ मत पाएका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कमलसिंह बोहराले २ हजार ४०६ मत प्राप्त गरेका छन् । एमालेकी हरु भट्ट २ हजार ३७८ प्राप्त गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.