मेलौली नगरपालिकाले ल्यायो ५७ करोड ७९ लाख बराबरको बजेट

बैतडी–बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३ /८४ का लागि ५७ करोड ७९लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

नगरसभाको पहिलो नगर अधिवेशनमा उपप्रमुख पार्वती बोहरा विष्टले उक्त बजेट प्रस्तुत गरेकी हुन् ॥ नगर सभामा पेश गरिएको बजेटमा आन्तरिक आयतर्फ ६० लाख विनियोजन गरिएको छ ।यस्तै संघीय राजस्व बाँडफाँडतर्फ ९ करोड ११ लाख १७ हजार, प्रदेश राजस्व बाँडफाँडतर्फ ४६ लाख २७ हजार, बित्तीय समानिकरण संघ तर्फ ९ करोड ४५ लाख, बित्तीय समानिकरण प्रदेश तर्फ ८४ लाख ५७ हजार विनियोज गरिएको छ ।

यस्तै शसर्त अनुदान संघ तर्फ २५ करोड ९६ लाख शसर्त अनुदान प्रदेश तर्फ ३ करोड ८० लाख तथा विषेश अनुदान संघ तर्फ १ करोड ८० लाख र विषेश अनुदान प्रदेश तर्फ ७६ लाख ५० हजार विनियोजन गरिएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।

समपुरक अनुदान संघ तर्फ १ करोड ९० लाख,समपुरक अनुदान प्रदेश तर्फ ६९ लाख ९३ हजार बजेट विनियोन गरिएको चन्दले बताउनुभयो । सडक बोर्ड पुजिँगत तर्फ ६० लाख,मौज्दात १ करोड ८० लाख रुपैयाँ गरेर ५७ करोड ७९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको नगर उपप्रमुख पार्वती बोहरा विष्टले जानकारी दिइन्

Leave A Reply

Your email address will not be published.