मेलौलीमा नगर प्रमुख, उप–प्रमुख र वडा अध्यक्षहरु कोको हुन ?

दिपक राज दिर्घायु
जेठ ०२ सोमबार,२०७९

बैतडी–मेलौली नगरपालीकाको नगर प्रमुखमा नेकपा माओबादी केन्द्रका भिम बहादुर चन्द भुकम्प र नगर उप–प्रमुखमा नेपाली काग्रेसकि पार्वती बोहरा बिष्ट बिजयी भएका छन ।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदिश सिह नायकलाई ७२० मतले पराजित गर्दै नगर प्रमुख पदमा निर्बाचित भएका हुन । उनले २३७६ मत प्राप्त गरेका हुन । यसैगरि दोस्रो प्रतिस्पर्धी नेपाली काग्रेसका प्रेम चन्द ७४१ मतले पराजित भएका हुन । उनले २३५५ मत प्राप्त गरेका हुन ।

यसैगरि नेपाली काग्रेसकि बोहराले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगर उप–प्रमुख पदका उम्मेदवार हेमन्ती नायकलाई ५१९ मतले पराजित गर्दै नगर उप–प्रमुख पदमा निर्बाचित भएकि हुन । उनले २४०८ मत प्राप्त गरेकि हुन ।

दोस्रो प्रतिस्पर्धीको रुपमा रहेकि नेकपा माओबादीकि उम्मेदवार मनिसा दयाल निलम ७६४ मतले पराजित भएकि हुन । उनले २१६३ मत प्राप्त गरेकि हुन ।

मेलौली नगरपालीका–०१ मा नेकपा एमालेका सरद सिंह नेगी प्यानल सहित विजयी भएका छन् । उनले ५ सय २२ मत प्राप्त गरि विजयी हुदाँ उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवारले ४४२ मत मात्र ल्याएका हुन।

यसैगरि वडा नं २ मा नेपाली कांग्रेसका कृष्ण दत्त भट्ट विजयी भएका छन् । उनी ४०३ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेमराज भट्टले २४६ मत ल्याएका छन ।

सो वडाको सदस्यहरुमा पनि नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् ।

यसैगरि वडा न–०३ मा नेपाली कँंग्रेसका गगन सिंह भाट वडा अध्यक्षमा बिजयी भएका छन्। ४०१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष रघुबीर सिंह भाटलाइ ५३ मतले पराजित गर्दै वडा उनि वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
भाटले ३४८ मात्र मत ल्याएका छन् । एक महिला वडा सदस्य बाहेक सबै कांग्रेसका पदाधिकारी नै विजयी भएका हुन ।

यसैगरि वडा न–०४ को वडा अध्यक्षमा नेकपा माओबादि केन्दका हर्क चन्द बिजयी भएका छन । २२३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका तारा चन्दले १५२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका मोहन चन्दले १७४ मत मात्र प्राप्त गरेका छन । बिजयी भएका चन्द २०७४ सालको निर्बाचनमा पनि वडा अध्यक्षमा निर्बाचित भएका थिए । मेलौली नगरपालीका–०४ मा जम्मा ५७४ मत खसेको थियो ।

यसैगरि वडा न–०५ मा नेपाली कांग्रेसका भरत सिह पुजारा वडा अध्यक्षमा बिजयी भएका छन् । ४३१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष बलभद्र दयाललाई २८ मतले पराजित गर्दै पुजारा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित दयालले ४०३ मत प्राप्त गरेका हुन ।

मेलौली नगरपालीका वडा न ५ मा जम्मा मत ९२७ मत खसेका थिए ।

यसैगरि वडा न–०६ मा नेकपा माओबादी केन्द्रका तारा दत्त भट्ट प्यानल सहित वडा अध्यक्षमा बिजयी भएका छन् । २९३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण दत्त भट्टलाई ७६ मतले पराजित गर्दै भट्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भट्टले २१७ मत प्राप्त गरेका हुन । दोस्रो प्रतिस्पर्धीका रुपमा रहेको नेपालीका काग्रेसका लक्ष्मण पोखरेलले १२७ मत प्राप्त गरेका हुन।

मेलौली नगरपालीका वडा न ६ मा जम्मा मत ७९६ मत खसेका थिए ।

यसैगरि वडा न ७ मा नेकपा माओबादी केन्द्रका रामचन्द्र भट्ट वडा अध्यक्षमा निर्बाचित भएका हुन । उनले ३८३ मत प्राप्त गरेका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका केशब चन्दलाई ३७ मतले पराजित गर्दै भट्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भट्टले ३४६ मत प्राप्त गरेका हुन । दोस्रो प्रतिस्पर्धीका रुपमा रहेको नेकपा एमालेका नारायण दत्त ओझाले २६८ मत प्राप्त गरेका हुन।

यसैगरि वडा न ८ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका तपेन्द्र बिष्ट बिजयी भएका हुन । उनले ३३८ मत प्राप्त गरेका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका शम्भु सिह बिष्टलाई ८० मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएका हुन।

पराजित नेपाली काग्रेसका बिष्टले २५८ मत प्राप्त गरेका छन । दोस्रो प्रतिस्पधीको रुपमा रहेका नेकपा माओबादी केन्द्रका चक्र सिह सुतारले ९२ मत प्राप्त गरेका छन । तेस्रो प्रतिस्पधीको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटिका मोति सिह ठगुन्नाले ७२ मत प्राप्त गरेका छन ।

यसैगरि बिजयी हुने वडा सदस्यमा नेकपा एमाले महिला सदस्य ३२३ मत, दलित महिला सदस्यमा ३१५ मत, खुल्ला सदस्य ख २९३ र नेपाली काँग्रेसका खुल्ला सदस्य क ले २९६ मत प्राप्त गरि जित हासिले गर्नुभएको छ ।

मेलौली नगरपालीका–०८ मा जम्मा मतदाता १०१० जना रहेका थिए । जसमा ७८९ मत खसेका थिए।

यसैगरि वडा न ९ मा नेपाली काग्रेसका तर्फबाट उम्मेदवार बनेका लोकराज भट्ट वडा अध्यक्षमा पदमा निर्बाचित भएका छन । ३७५ मत प्राप्त गरेर भट्ट वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भिम भट्टलाई १६ मतान्तरले पछि पार्दै भट्ट बिजयी भएका हुन ।

पराजित नेकपा एमालेका भिम भट्टले २५८ मत प्राप्त गरेका छन । दोस्रो प्रतिस्पधीको रुपमा रहेका नेकपा माओबादी केन्द्रका लोकमणि भट्टले ५९ मत प्राप्त गरेका छन।

तेस्रो प्रतिस्पधीको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटिका जोगेन्द्र चन्दले ५९ मत प्राप्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.