मेलौली भगवती मन्दिरमा साउने सङ्क्रान्तिको अवसरमा भक्तजनको घुइँचो

बैतडी – बैतडी जिल्लाको मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती माताको मन्दिरमा साउने सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय घुइँचो लागेको छ।

साउने सङ्क्रान्तिका दिन मेलौली भगवतीको दर्शन र पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष यस मन्दिरमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ।

आज मन्दिर परिसरमा दर्शनार्थीहरूको चहलपहल बढेको छ भने पूजा–अर्चना, दीप प्रज्वलन र प्रसाद ग्रहण गर्ने भक्तजनहरूको लाम देखिएको छ। शान्तिपूर्ण वातावरणमा श्रद्धापूर्वक पूजा–अर्चना भइरहेको छ।

मेलौली भगवती मन्दिर बैतडी जिल्लाको प्रमुख तथा प्रसिद्ध धार्मिक गन्तव्यमध्ये एक मानिन्छ। विशेष गरी साउने सङ्क्रान्ति, दशैं, र अन्य धार्मिक पर्वका अवसरमा यहाँ हजारौँ भक्तजन दर्शनका लागि आउने गर्दछन्।

Leave A Reply

Your email address will not be published.