मेलौली–०५ मा हावाहुरीले क्षति पुर्‍याउदा स्थानिय चिन्तित्

दिपक राज दिर्घायु
जेठ ०७ शनिबार,२०७९

बैतडी–मेलौली नगरपालीका–०५ मा शुक्रबार साझ चलेको हावाहुरीले क्षति पुर्‍याउदा स्थानिय चिन्तित् बनेका छन । बिद्यालयको छानो, स्वास्थ्य चौकिको छानो, गौरा पर्बको सामुदयिक भवन, स्थानियहरुका घरहरु र बिभिन्न फलफुलका बिरुवाहरु हावाहुरीले नष्ट गरेपछि स्थानिय चिन्तित् बनेका हुन ।

शिब शकंर आधारभुत बिद्यालयको छानो, सुदुरपश्चिमेलीहरुको माहान पर्ब गौरा खेल्ने र बिर्षजन गर्ने सामुदायिक भवनको छानो, पुरानो माहारुद्र स्वास्थ्य चौकिको चार कोठे भवनको छानो र स्थानियहरुका केहि घरहरुको छानो हावाहुरीले उडाएर नष्ट हुदा स्थानिय चिन्तित् बनेका हुन ।

फल लाग्दै गरेको बेला बिभिन्न फलफुलका बोट बिरुवा नै हावाहुरीले लडाएर भाँचेपछि किसानहरु झन चिन्तित् बनेको नब निर्बाचित वडा सदस्य प्रेम बहादुर चन्दँले बताए ।

वडा भित्र हावाहुरीले क्षति पुर्याएपछि नब निर्बाचित जनप्रतिनिधिको चासो देखाएका छन । वडाका जनप्रतिनिधिहरु सहित हावाहुरीले पुर्याएको क्षतिको बिवरण सकंलन गर्दै अनुगमन कार्य समेत गरिएको छ ।

क्षतिको बिवरण सकंलन गरि वडाबाट र पालिका सगं समन्वय गरि राहात उपलब्ध गराउने वडा सदस्य चन्दले बताए ।

शुक्रबार आएको हावाहुरीले मेलौलीका बिभिन्न ठाउमा र पञ्चेश्वरको वडा न ४ मा पनि निकै क्षति पुर्‍याएको छ ।

Leave A Reply

Your email address will not be published.