मेलौली न्यूज
जेठ ०९ सोमबार,२०७९
बैतडी–मेलौली नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भीमबहादुर चन्द (भुकम्प) र उपप्रमुख पार्वती बोहरा बिष्टले पदभार ग्रहण गरेका छन् । नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका हुन ।
निवर्तमान प्रमुख कृष्णसिंह नायक, उपप्रमुख राधा ओझा बिदाई गरिए पश्चात नवनिर्वाचित मेयर उपमेयरले पदभार ग्रहण गरेका हुन।
यस्तै मेलौली नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नगर प्रमुख भीमबहादुर चन्दले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
पालिकाका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सम्बन्धित पालिका प्रमुखले शपथ ग्रहण गराउने कानुनी व्यवस्था रहेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट मेलौली नगरपालिकामा ४७ जना जनप्रतिनिधि चुनिएका छन् ।