युवा नेता नायक राप्रपाको शुसासन बिभागको सदस्य सचिब पदमा नियुक्त

दिपक राज दिर्घायु
असार २२ बुधबार,२०७९

बैतडी-मेलौली नगरपालीका–०१ का युवा नेता प्रकाश सिह नायक राष्ट्रिय प्रजातन्त्र पाटिको शुसासन बिभागको सदस्य सचिब पदमा मनोनयन भएका छन ।

मगंलबार पाटि अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले उनलाई शुसासन बिभागको सदस्य सचिब पदमा मनोनयन गरेका हुन ।

यसैगरि अध्यक्ष लिङ्देन सुशासन विभाग अन्तर्गत ७ बिभागिय सदस्य महामन्त्री राजेन्द्र गुरुङको उपस्थितिमा समिति मनोनयन पनि गर्नु भएको छ ।

बिभागका बाँकी ३ सदस्यहरु र प्रदेश, जिल्ला, नगर र वडामा चाँडै मनोनयन गरिने बताईएको छ ।

सुशासन विभाग अन्तर्गत ७ बिभागिय सदस्यहरुमा प्रकाश सिंह नायक सदस्य सचीव, भिमसेन मैनाली, अधिवक्ता नानी थापा, ईन्जिनियर दिपा थापा, अधिवक्ता महेन्द्र बहादुर शाही, गोपाल कार्की, श्रवर्ण झालाई सदस्यमा मनोनयन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.