मेलौली बालश्रम मुक्त पालिका घोषणा

दिपक राज दिर्घायु
असार २३ बिहीबार,२०७९

बैतडी–मेलौली नगरपालीका बालश्रम मुक्त पालिका घोषणा गरिएको छ । बिहीबार ग्रामिण बिकास सेवा केन्द्र बैतडीको सहजिकरण र मेलौली नगरपालीकाको आयोजनामा बालश्रम मुक्त पालिका घोषणा गरिएको छ ।

बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसंगै मेलौली नगरपालीकालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशिले जानकारी दिए ।

सरकारले विं.स. २०८२ सम्ममा सिंगो नेपाललाई बालश्रम मुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मेलौली नगरपालीकालाई बालश्रम मुक्त पालिका घोषणा गरिएको हो।

घोषणासभामा नगरभित्र रहेको बालश्रमको अवस्था पहिचान, अबका दिनहरुमा बालश्रमको समस्या सुधार कार्यान्वयनको लागि पहल चाल्ने नगर प्रमुख भिम बहादुर चन्दले बताए ।

बालश्रम मुक्त पालिका घोषणा सभामा ग्रामिण बिकास सेवा केन्द्रका प्रमुख लगायत अन्य कर्मचारि, मेलौली नगरपालीका नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशि, स्वास्थ्य संयोजक नारायण बहादुर चन्द, पालिका कर्मचारि, सम्पूर्ण वडाका वडा अध्यक्ष सहित वडा सदस्यहरु, कार्यपालीका सदस्यहरु, दोगडाकेदार गाउपालीका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्ट, बिभिन्न सघं सस्थाका पदाधिकारी, सुरक्षाक्रमि, पत्रकार र केहि अग्रज स्थानिय हरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.