बैतडी प्रशासन कार्यालयमा विद्युतीय टोकन प्रणाली सुरु


साउन २, सोमबार २०७९

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ। सेवाग्राहीलाई सहजरूपमा सेवा दिन आइतबारदेखि विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहजरूपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य शुरु भएको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ, उसले अगाडि सेवा पाउने बताए। प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन हामीले विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ। ‘सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सुरु गरेका हौँ।’

जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन र नाबालिग परिचयपत्र बनाउन लगायत सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य शुरु भएको हो।

टोकन प्रणालीले लाइनमा उभिनुपर्ने झञ्झट हटेर सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा हाल दैनिक १५० जनाले सेवा लिने गरेका सूचना अधिकारी भारतीको भनाइ छ।
विनोद सिंह विष्ट………..

Leave A Reply

Your email address will not be published.