वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

मेलौली न्यूज
श्रावण ११ बुधबार,२०७९

वरिष्ठ लोक तथा देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । गम्भीर बिरामी पछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्क घात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।

उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन्।

Leave A Reply

Your email address will not be published.