सामाजिक सुरक्षा भत्ता बाँड्न नगर प्रमुख चन्द आफैँ गाउँघरमा


साउन ११, बुधबार २०७९

बैतडी – मेलौली नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । नगरपालिकाका प्रमुख भीम बहादुर चन्द “भुकम्प” सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैँ नगरवासीको गाउँटोलमा पुग्न थालेका छन ।

सोही क्रममा नगर प्रमुख चन्द आफैँ विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन । नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताए ।

अभियानको क्रममा उनले ज्येष्ठ तथा असक्त नागरिकको समस्या बुझ्नै उनीहरूका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासो समेत व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिऋद्धता समेत जनाउनु भयो ।

नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चाथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेहरूका लागि गाउँटोल पुगेर बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो । मेलौली नगरपालिका पञ्जीकरण शाखाका फिल्ड साहायक अनिता कुमारी नेगी अन्य कर्मचारीहरु मेलौलीमा रहको एनसीसी बैङ्कका शाखा प्रमुख महेन्द्र बहादुर चन्द सहित अशक्त व्यक्तिको गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । सो अभियान अन्तर्गत बैङ्कसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घ रोगीहरुकोे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा प्रमुख राम सिंह पुजाराले जानकारी दिनुभयो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ४ हजार ६ सय तिन जना रहेका छन ।

1 Comment
  1. [email protected] says

    Great work
    Jai nepal sir
    Lal salam namaste

Leave A Reply

Your email address will not be published.