मेलौली नगरपालीकालाई मदिरा निषेधित क्षेत्र बनाउन नेबिसघंको ज्ञापनपत्र

दिपक राज दिर्घायु
श्रावण १५ आईतबार,२०७९

बैतडी–मेलौली नगरपालीकालाई मदिरा निषेधित क्षेत्र बनाउन नेपाल बिद्यार्थी सघं मेलौली नगर कार्य समितिले ज्ञापनपत्र बुझाएको छ । आईतबार कार्यालयमै उपस्थित भई कार्यबाहक नगर प्रमुख हर्क बहादुर चन्दलाई मदिरा निषेधित क्षेत्र बनाउन भन्दै ज्ञापनपत्र बुझाइएको हो ।

बिद्यार्थीहरुलाई बिद्यालय आउन जाने क्रममा जटिलता उत्पन्न हुनुका साथै महिला हिसांं पनि बढाएका कारण मेलौली नगरपालीकालाई मदिरा निषेधित क्षेत्र बनाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएको नेपाल बिद्यार्थी सघं मेलौली नगर कार्य समितिका सचिब नारद प्रशाद भट्टले बताए।

मदिराका कारण बालबालिकाको मानसिक र शारिरिक जटिलता थपिनुका साथै मौलिक सभ्यता र सस्कृति माथि आच आउन थालेकाले मेलौल नगरपालीकामा मदिरालाई पुर्ण रुपमा निषेधित बनाउनु ध्यानाकर्षण गराउन चाहान्छु ज्ञापनपत्र उल्लेख गरिएको छ ।

नगरलाई बिभिन्न खालका बिसङ्गति, अपराधबाट सजग पार्ने र चौतर्फि बिकास, उन्नतिका लागि साथ सहयोग गर्नुका साथै मदिरा सेबन तथा बिक्रि बितरणलाई बन्द गराईदिन माग सहति ज्ञापनपत्र बुझाईएको बताईएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यबाहक नगर प्रमुख चन्दले कार्यपालीकाको बैठकमा ज्ञापनपत्रका बारेमा छलफल गरि मदिरा नियन्त्रण गर्ने निति तयार पार्ने बताए ।

ज्ञापनपत्र

Leave A Reply

Your email address will not be published.