दिपक राज दिर्घायु
श्रावण २० शुक्रबार,२०७९
बैतडी–पितरब्रह्मा देबताको भण्डार निमार्णका लागि सुरु गरिएको आर्थिक सकंलन अभियान जारि रहेको छ। श्रावण १९ गते बिहीबार सम्म १ लाख ७० हजार ६ सय ७७ बराबर नेपाली रुपया सकंलन भएको अभियानमा खटिएका धर्म सिह भाट्ले बताए ।
मेलौली नगरपालीका–०७ काँडामा रहेको पितरब्रह्मा देवताको भण्डार निर्माणको लागि आर्थिक सकंलन अभियान श्रावण ७ गतेदेखि सुरु गरिएको थियो । आर्थिक सकंलन आभियान गाउघरमा प्रत्यक्ष रुपमा लगाएत समाजिक सञ्जाल फेसबुक मार्फत नेपाल र भारतमा सञ्चालन गरिएको छ ।
यसैगरि पितरब्रह्मा देबता भण्डार निमार्णका लागि स्वर्गिय कल्यान सिह भाट र राम सिह भाट पाटेको परिवारले जग्गा समेत उपलब्ध गराएको भाटले बताए । सकंलन गरिएको रकमले देबताको भण्डार निमार्ण गरिने र बाकि रहेको रकम मन्दिरको आवश्यक ब्यवस्थापनमा खर्च गरिने जनाईएको छ ।
आर्थिक सकंलन अभियान सुरु भएसगै यतिबेला देश बिदेशबाट सहयोग प्राप्त भईरहेको छ। ईच्छुक ब्यक्तिहरुले भारतबाट सहयोग गर्नका लागि खेम राज भट्टको Kotak Mahindra Bank, Frazer Town Bangalore Branch मा रहेको खाता नम्बर ५५१३१८४६३६ र गुगल पे नम्बर ९४४८७८४०७४ मा जम्मा गर्न सकिनेछ ।
यसैगरि नेपालबाट सहयोग गर्न चाहनेहरुले अम्मर सिह भाटको एनसिसि बैंक मेलौली साखामा रहेका खाता नम्बर १४९००००१७४६१०, ९७४२४१७९४० मा फोन पे र ई सेवा मार्फत ९८४८७३१८०५ मा जम्मा गर्न सकिने छ ।
आर्थिक संकलन अभियानलाई निरन्तरता दिने र सहयोगिहरुको नाम, रकम फेसबुकमा साथै सञ्चारमाध्यममा समाचार मार्फत सार्बजनिक गरि अन्तमा सहयोग गर्नेहरुलाई कदर पत्रले सम्मान गरिने भण्डार निमार्ण समितिले जनाएको छ ।
Thanks for the news