मेलौली न्यूज
श्रावण २३ सोमबार,२०७९
बैतडी–२०७८ सालको अबिरल बर्षाका कारण बाढी पहिरोबाट पीडित परीवारहरुको समस्या समाधानको गर्न माग गर्दै नेपालि कांग्रेस बैतडीको टोलि गृह मन्त्रालयमा पुगेको छ । आइतबार कांग्रेस नेताहरुले गृह मन्त्रालयमा पुगि बाढीपहिरो पीडितको समस्या यथाशिघ्र सम्बोधन गर्न मन्त्रालयका प्रतिनिधीहरुसंग आग्रह गरेको नेबिसघं जिल्ला सदस्य धिरज चन्दले बताए ।
सिगास र शिबनाथ गाउँपालीकालाई सरकारले संकट ग्रस्त स्थानिय तह घोषण गरे पनि अहिले सम्म पिडीत परिवारहरुका समस्या समाधान नभएकाले सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामि र शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउद गृह मन्त्रालय पुगेका हुन् ।
नेपालि कांगे्रस बैतडीका पार्टी सभापती, केन्द्रीय महाधिवेशन प्रतिनिधी, पूर्व पार्टी सभापती, पाटन नगरपालिकाका मेयर, क्षेत्रीय सभापति, शिवनाथ गाउँपालिकाका प्रवक्ता, सिगास गाउँपालिका वडा नं ५ र ८ का वडा अध्यक्ष, नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष लगायत बैतडीका अन्य नेता, कार्यकर्ताहरुको उपस्थितीमा गृह मन्त्रालयका प्रतिनिधीहरुसंग समस्या समाधान गर्नका लागि विशेष छलफल सहित आग्रह गरिएको उनले बताए ।
साथै बैतडी जिल्लाका तमाम समस्या समाधानका लागि पनि गृहमन्त्रालयका प्रतिनिधिहरुसँग विशेष छलफल भएको जनाइएको छ ।