महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी र कालीगण्डकीमा एक वृद्ध बेपत्ता

मेलौली न्यूज
श्रावण २८ शनिबार,२०७९

महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमाटा र १५ वर्षीया सङ्गीता टमाटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । हिजो दिउँसो नुहाउनेक्रममा महाकाली नदीको नगतडीबाट बेपत्ता भएका उनीहरुको बारेमा ढिलो जानकारी प्राप्त भएको र खोजी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले बताउनुभयो ।

यसैबीच तनहुँको देवघाट गाउँपालिका–५ कालीगण्डकी नदीमा नुहाउने क्रममा दोलखाको वैतेश्वर गाउँपालिका–३ का ७६ वर्षीय जङ्गबहादुर खड्का बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता खड्काको खोजी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.