शिबनाथ-०६ का बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरिने

दिपक राज दिर्घायु
श्रावण २९ आईतबार,२०७९

बैतडी–शिबनाथ गाउपालीका-०६ भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरिने भएको छ । शनिबार वडा अध्यक्ष भरत राम पार्किको अध्यक्षतामा शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम मार्फत शैक्षिक गुणस्तर सुधार गरिने भएको हो ।

हिरापुर माध्यमिक बिद्यालय, कृष्ण आधारभुत बिद्यालय र जिम्मेश्वर आधारभुत बिद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सघं सयोजक, खाजा ब्यवस्थापन समिति अध्यक्षहरुको अन्तरकृया कार्यक्रम मार्फत शैक्षिक गुणस्तर सुधार गरिने भएको शिबनाथ गाउपालकिा गरिब सघं विश्वेश्वर कार्यक्रमका संयोजक राज बहादुर चन्दँले बताए ।

अन्तरकृया कार्यक्रममा बिद्यालयका सबल पक्ष, दुर्बल पक्ष, सम्भावना÷अवशर र चुनौतिहरुको बारेमा समुहगत छलफल गरिएको उनले बताए ।

वडा भित्रका बिद्यालयहरुको बार्षिक कार्ययोजना निमार्ण गरि शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले दिपक दयालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.