भदौ २, बिहिबार २०७९
काठमाडौं सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ। बिहीबार बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ।
संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न निर्वाचन,गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ।
साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । गत साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुट्न लागेका हुन्।