भदौ ६, सोमबार २०७९
बैतडी -बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
आज बिहान करिब ११ बजे थालाकाडाबाट बिन्दु धामीलाइ नेपालगञ्ज लगिएको छ ।
हिजो स्थानीय स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।