मेलौली न्यूज
भाद्र ०७ मंगलबार,२०७९
बैतडी–चितुवाको आक्रमणबाट बैतडीमा दुई जना घाईते भएका छन । जिल्लाको शिवनाथ गाउँपालिका वडा न ६ बसेडिका ६८ बर्षिय बहादुर दमाई सोमबार राती ९ बजे तिर घर नजिकै रहेको चर्पि जाने क्रममा बाघले आक्रमण गर्दा उनी घाईते भएका हुन ।
उनको कम्मर भन्दा तल दुबै खुट्टामा चोट लागेको शिवनाथ गाउँपालिका–६ का वडा अध्यक्ष भरत पार्कीले जानकारी दिए ।
यस्तै सोही ठाउँका १३ बर्षिय पारस धनाडी मंगलबार विहान ६ बजे तिर मणिलेक माध्यमिक विद्यालय आउने क्रममा बसेडी ठाडाइजर भन्ने ठाउँमा चितुवाको आक्रमण बाट घाईते भएका हुन । धनाडी मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत छात्र हुन । उनको टाउको पिठ्यु र हातमा चोट लागको वडा अध्यक्ष पार्कीले बताए ।
पछिल्लो समयमा चितुवा र मानव बिच द्धन्द बढीरहेको छ । २०६८ यता चितुवाको आक्रमणबाट द्दछ जनाले ज्यान गुमाएका छन् । बास स्थान र आहाराको खोजीमा पछिल्लो समयमा चितुवा मानव बस्तीमा प्रवेश गर्ने गरेको छ ।