गाउँमै राष्ट्रिय प्रसारण लाइन पुगेपछि उपल्लाबाटुलावासी खुसी, १०० घरधुरी उज्यालोमा

मेलौली न्यूज
भाद्र ०७ मंगलबार,२०७९

बैतडीको पाटन नगरपालिका वडा नं ७ उपल्लाबाटुलामा पहीलो पटक विद्युत पुगेको छ ।

विद्युत विस्तारका लागि पोल गाडेको बर्षौपछि उक्त गाउँहरुमा बल्ल विद्युत पुगेको हो । सल्लाको दियालो, टुकी, मैनबत्ती लगायतका साधनहरु बाल्दै आएका त्यहाँका स्थानिय बासिन्दा बिजुली बत्तीको प्रयोग गर्न पाएसँगै खुशी भएका छन ।

टुकीको भरमा गुजारा चलाउदै आएका यहाँ बासिन्दाहरुलाई ठुलो मेहनतले विजुली बत्तीको सुविधा पु¥याउन पाएको पाटन नगरपालिका वडा नं ७ का वडा सदस्य वीर सिंह ठगुन्नाले जाकारी दिनुभयो ।

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा बिजुली बत्ती नभएका कारण विद्यार्थीहरुलाई पनि पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको सहरी स्वास्थ्य सेवा केन्द्र उपल्लाबाटुलाका प्रमुख प्रकाश खत्रीले बताए ।

‘कम्तीमा पनि हामी ९५÷१०० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले निर्वाह गर्दै आएका थियौँ’, जयपुर आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिंह साउँदले भने, ‘हाम्रा गाउँ ठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको दुःख अन्त्य भए ।’

बिजुलीको अभावमा टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको थियो भने मोबाइल चार्ज गर्न टाढा जानुपर्ने बाध्यता अब निराकरण भएको अर्का स्थानीयवासी मान सिंह खत्रीले बताए ।

Leave A Reply

Your email address will not be published.