भदौ ९, बिहिबार २०७९
बैतडी- जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ५मा उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
बुधबार शिवनाथ गाउँपलिका अध्यक्ष कर्ण सिंह साँउद तथा वडा न ५ का वडाअध्यक्ष केशव बहादुर चन्दले सो नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै अध्यक्ष साँउद देश संघियतामा गएपछिका समयमा थुप्रै विकास भएको उदाहरण दिँदै उहाँले अव सबै वडाका स्थानियवासीले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने बताए ।
स्वास्थ्य केन्द्रबाट प्राप्त हुने औषधीहरु, सेवाहरु सहिढंगबाट पुगिरहेको अध्यक्ष साँउदलको भनाई थियो ।

कार्यक्रममा बोल्दै वडा न.५ का वडाध्यक्ष केशव बहादुर चन्दले स्वास्थ्य भए मात्र सुन्दर समाजको परिकल्पना गर्न सकिने बताए ।
नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र करिब २१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।
शिवनाथ गाउँपालिका का सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गदैँ आईरहेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।
कार्यक्रममा,वडाका जनप्रतिनिधीहरु,स्थानिय राजनितिक दलका प्रतिनिधी,वडा भित्र रहेका टोल विकास संस्थाका प्रतिनिधी,स्वास्थ्यकर्मी,महिला स्वयमसेविका,स्थानिय बुद्धिजिवी लगाएतको उपस्थित रहेको थियो ।