मेलौली न्यूज
भाद्र ०९ बिहीबार,२०७९
बैतडी–मेलौलीमा छात्रामाथी जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । मेलौली नगरपालीका ५ का शिक्षक किशोर जोशिलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय बैतडीले जनाएको छ ।
मेलौली नगरपालीका ३ मा रहेको प्रीतीपुर माविमा कार्यरत ३५ वर्षीय शिक्षक जोशी पक्राउ परेका हुन् । ट्युसन पढ्न आएकी किशोरी माथी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।