मेलौलीमा कक्षा १० को ग्रेडबृद्धी परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने

दिपक राज दिर्घायु
भाद्र ०९ बिहीबार,२०७९

बैतडी–मेलौलीमा कक्षा १० को ग्रेडबृद्धी परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने भएको छ । बिहीबार नगरपालीकाले एक सुचना जारि गर्दै परिक्षा सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईन जनाएको हो ।

भाद्र १० गते शुक्रबार बिहान ७ बजेबाट लागुहुने गरि स्वाखानि बजारदेखि काणा बजार, हरिपुर बजार, नौघर जिरो पोईन्ट हुदै लामालेक बजारसम्म मदिरा बिक्रि बितरण गर्न नपाईने नगर प्रमुख भिम बहादुर चन्दद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

परिक्षा सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाहि गरिने पनि जनाईएको छ । यसैगरि पालिकाले परिक्षा सञ्चालन अवधिभर तोकिएको दररेटभन्दा बढि मुल्यमा अन्य उपभोग्य समान बिक्रि बितरण नगर्न पनि अनुरोध गरेको छ ।

भाद्र ११ र १२ गते कक्षा १० को ग्रेडबृद्धी परिक्षाका लागि मणिलेक माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र तोकिएको छ । मणिलेक माबिको परिक्षा केन्दमा मेलौली नगरपालीका, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाका ६३३ बिद्यार्थी परिक्षामा सहभागि हुनेछन् ।

नगरपालीकाद्धार जारि गरिएको सुचना!

Leave A Reply

Your email address will not be published.