बैतडीमा कर्मचारी माथी जबरजस्तीकरणी गर्ने स्वास्थ्यकर्मी पक्राउ

मेलौली न्यूज
भाद्र ०९ बिहीबार,२०७९

बैतडी–सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत अहेव पक्राउ परेका छन् । स्वास्थ्य केन्द्रमै कार्यरत महिला कर्मचारी माथी जबरजस्ती करणीको आरोपमा अहेव २७ वर्षीय खगेन्द्र धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

असार १६ गते जबरजस्ती करणी गरेको बताइएको छ । पिडित महिलाले साउन २५ गते प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसपछि यहिँ भदौ ६ गते अहेब धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । महिलाको परिचय खुल्न सक्ने भएकाले स्वास्थ्य चौकीको नाम उल्लेख गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.