मेलौली न्यूज
भाद्र ०९ बिहीबार,२०७९
बैतडीमा अब छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ । जिल्ला भित्र संञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बिहिवार बैठकको आयोजना गरेको थियो ।
बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको छ । जिल्लामा संञ्चालीत जीपहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । यसको अनुगमन पनि गरिने उहाँले बताउनुभयो । १५ गतेपछि टिकट नकाटेर यात्रुलाई बोकेको खण्डमा कारबार्हि गरिने उहाँले बताउनुभयो ।
टिकट नकाटेर यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबार्हि गर्नको लागि उहाँले सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ । जिल्ला स्थित ४ वटै सुरक्षा निकाएका प्रमुख, यातायात व्यवसायी, चालक र संञ्चारकर्मीको उपस्थितीमा भएको बैठकमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने निर्णय पनि भएको छ ।
जिल्लामा संञ्चालिन जीपहरुले मनोमानी भाडा असुलीरहेका छन् । उनीहरुले सिट क्षमता भन्दा पनि धेरै यात्रुहरु बोकीरहेका छन् ।
दिब्यास्त्र