बैतडीः बञ्चरो प्रहारगरी बुवाको हत्या गर्ने छोरा जेल चलान


भदौ ११, शनिबार २०७९

बैतडी- बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका९५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो।

६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या गरेका थिए। त्यसपछि उनीमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो।
स्टार बुलेटिन।।।।।।

Leave A Reply

Your email address will not be published.