पञ्चेश्वरका रोयल चंन्दको उपचारमा आर्थिक समस्या, सहयोग गरिदिन आग्रह

दिपक राज दिर्घायु
भाद्र ११ शनिबार,२०७९

बैतडी–पञ्चेश्वरका रोयल चन्दको आर्थिक अभावले उपचारमा समस्या भएको छ । बिगत ५ बर्षदेखि स्पाइनल ईन्जुरि रोगबाट पिडित पञ्चेश्वर गाउपालीका–०४ निङ्लाडका १५ बर्षिय चन्दको उपचारमा आर्थिक समस्या भएको हो ।

राममूर्ति स्मारक मेडिकल बरेलीबाट सल्यकृया पश्चात काठमाण्डौको आयुर्वेद चिकित्सालय नरदेविमा बिगत ७ महिनादेखि उपचारमा रहेका चन्दँको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।

हालसम्म उपचारमा करिब १० लाख खर्च भईसकको र अबको उपचारमा आर्थिक समस्या देखिएका कारण सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेका छन ।

चन्दको उपचारका लागि समाजिक सञ्जाल फेसबुक मार्फत यतिबेला आर्थिक संकलन अभियान समेत थालिएको छ । सहयोगका लागि प्रेम बहादुर चन्द र रोहित चन्दलाई ९८४३८२०६७६ र ९८६४३१७६७७ मा अथावा नोबेल बैकँ पञ्चेश्वर शाखामा रहेको सुरेन्द्र बहादुर चन्दको खाता नम्बर ०७६१००१७५०१५०४ मा सहयोग गरिदिन आग्रह गरिएको छ ।

भारतमा सहयोग गर्न चाहनेका लागि सुरेन्द्र चन्दलाई ७५०६०४८६४८ मा अथवा Punjab National Bank मा रहेको खाता नम्बर ०१०५२४१३०००४६३ मा सहयोग गर्न आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.