दिपक राज दिर्घायु
भाद्र ११ शनिबार,२०७९
बैतडी–मेलौली नगरपालिका भरिका सम्पूर्ण सामुदायिक बिद्यालयहरु भाद्र १८ सम्म बन्द हुने भएका छन। सेवा सुबिधा बृद्धिको माग गर्दै भदौ १ गतेदेखि आन्दोलनरत बिद्यालय कर्मचारिहरुले भाद्र १२ गते देखि १८ गतेसम्म बिद्यालय बन्द गर्ने घोषणा गरेका हुन ।
नेपाल बिद्यालय कर्मचारि परिषद राष्ट्रिय समितिको निणर्य अनुसार मेलौली नगरकार्य समितिले पनि शनिबार एक बिज्ञप्ती निकाल्दै एक हप्ता बिद्यालय बन्द गर्ने घोषणा गरेको हो।
नेपाल बिद्यालय कर्मचारि परिषद राष्ट्रिय समितिको श्रावण २० गतेको निणर्य अनुसार आन्दोलनका कार्यक्रमहरु तय भएका थिए । भदो ९ गते खुल्ला र्याली, भदो १० र ११ गते डिजिटल आन्दोलन, भदो १२ देखि १८ सम्म सामुदायिक बिद्यालयहरु बन्द र १९ गते काठमाण्डौमा बिशाल र्याली गर्ने घोषणा गरिएको थियो ।
सोहि घोषणा अनुसार आन्दोलनका कार्यक्रमहरु चरणबद्ध रुपमा जारि रहेका हुन ।
नेपाल बिद्यालय कर्मचारि परिषद मेलौली नगरकार्य समितिको बिज्ञप्ती
