दिपक राज दिर्घायु
भाद्र १४ मंगलबार,२०७९
बैतडी–सामुदायिक रेडियो मेलौलीबाट सञ्चालीत तिज बिशेष कार्यक्रमबाट दुईजनाले सुनको औठि प्राप्त गरेका छन । पञ्चेश्वर गाउपालीका–०३ कुलाउकि लक्ष्मी तिवारि र डडेल्धुराको भागेश्वर गाउपालीकाकि रितु महराले सुनको औठि प्राप्त गरेका छन ।
बिगत एक महिनादेखि सञ्चालन भएका कार्यक्रममा सबैभन्द बढि पटक सहभागिता जनाएर सुनको औठि प्राप्त गरेको रेडियोका स्टेशन म्यानेजर लक्ष्मण बिसिले बताए ।
जय भगवति मेलौली सुनचादि गहना पसलले प्रायोजन गरेको तिज बिशेष कार्यक्रम तिजको लहरमा एक महिनासम्म सबैभन्दा बढिचोटि सहभागिता जनाएर पञ्चेश्वरकि लक्ष्मी तिवारिले सुनको औठि जितेकि हुन । कार्यक्रम तिजको लहर हरेक दिन बिहान ९ बजेको नेपाल खबरपछि करिब १० बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रमको बिजेता तिवारिलाई खादा ओडाएर मेलौली नगरपालीका उप–प्रमुख पार्वती बोहरा बिष्ट र प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिद्धारा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई पार्वती ओड्ले सञ्चालन गर्नु भएको थियो ।
यसैगरि मेलौली सुनचादि गहना पसलले प्रायोजन गरेको तिज बिशेष कार्यक्रम तिजको रमझममा एक महिनासम्म सबैभन्दा बढिचोटि सहभागिता जनाएर डडेल्धुराको भागेश्वरकि रितु महराले सुनको औठि जितेकि हुन । कार्यक्रम तिजको रमझम हरेक दिन मध्यान १२ बजेको नेपाल खबरपछि करिब १ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रमको बिजेता रितु महरलाई केहिदिनमै रेडियोमा बोलाएर सुनको औठि र सम्मानपत्र प्रदान गरिने स्टेशन म्यानेजर बिसिले बताए । कार्यक्रमलाई रितु ओझाले सञ्चालन गर्नु भएको थियो ।
रेडियो मेलौलीबाट तिज बिशेष चार कार्यक्रम सञ्चालन गरिएका थिए । जय भगवति मेलौली सुनचादि गहना पसलद्धारा तिजको लहर, मेलौली सुनचादि गहना पसलद्धारा तिजको रमझम, भुतलाछपु रुबस सुनचादि पसलद्धारा तिजको कोसेली र प्रकास फेन्सि स्टोरद्धारा माईतिको दैलो कार्यक्रम सञ्चालन गरिएका थिए ।
प्रायोजन गर्ने प्रायोजकहरुलाई पनि रेडियो मेलौलीका अध्यक्ष कृष्णदत्त भट्ट र मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्दद्धारा सम्मानपत्र र खादा ओडाई सम्मान गरिएको थियो ।





