सितलपुर माबिको ३५ औं बार्षिकोत्सव सम्पन्न

मेलौली न्यूज
भाद्र १५ बुधबार,२०७९

बैतडी–सितलपुर माध्यमिक बिद्यालयको ३५ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच ३५ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएका हो ।

मेलौली नगरपालीका–०१ मा रहेको सितलपुर माध्यमिक बिद्यालयको ३५ औं बार्षिकोत्सव बिभिन्न सास्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक धन सिंह नायकले बताए ।

बार्षिकोत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक धन सिंह नायकले ७८ लाख ७५ हजार ४ सय ३७ रुपैंया बराबरको आयव्यय प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ सिंह नायकको अध्यक्षतामा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलौली नगरपालिका नगर–प्रमुख भीम बहादुर चन्द प्रमुख अतिथि र नि–वर्तमान नगर प्रमुख कृष्ण सिंह नायक विशिष्ट अतिथि रहेका रुपमा सहभागि भएका थिए ।

कार्यक्रममा मेलौली नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष राजेन्द्र सिंह विष्ट, नेकपा एमालेका मेलौली नगरकमिटि ईन्चार्ज जगदिश सिंह नायक, मेलौली नगरपालिका–०१ का नि–वर्तमान वडा अध्यक्ष सुरत सिंह नेगी, पत्रकार, विद्यालय व्यवस्थापन समितिका सदस्य लगाएतले स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.