भदौ १६, बिहिबार २०७९
धनगढी -कैलालीको धनगढीकी एक महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । धनगढी उपमहानगरपालिका १२ की ३५ वर्षीया गीता शाहीको मंगलबार निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।
मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो।डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन्।
डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।