भदौ १७,शुक्रबार २०७९
धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारले प्रदेश सभाको दशौं अधिवेशनलाई केन्द्रित गरी गौरा पर्वको बिदा कटौती गरेको जानकारी भदौ १५ गते सूचना जारी गराएको थियो । तर भदौ १६ गते बसेको बैठकबाट १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ।
शुक्रबार प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। यसअघि प्रदेश सरकारले गौरा पर्वको सार्वजनिक बिदा कटौती गरेपछि व्यापक विरोध भएको थियो ।सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा बिहिबारदेखि विधिवत रुपमा सुरु भएको छ।
