भदौ १७, शुक्रबार २०७९
बैतडी –आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट संघिय उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिश गरेको छ
बिहीबार साँझ बसेको जिल्ला कमिटिको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी हाल पनि सांसद रहेका छन् । भण्डारीको नाम सर्वसम्मत सिफारिश भएकाले अब जिल्लाले प्रदेश कमिटि र प्रदेशले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ । प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिश भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ ।
यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं ९क० मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं ९ख० मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।