पञ्चेश्वर–०४ निङ्लाडमा गौरा बिशेष सास्कृति कार्यक्रम सम्पन्न

दिपक राज दिर्घायु
भाद्र २१ मंगलबार,२०७९

बैतडी–पञ्चेश्वर गाउपालीका–०४ निङ्लाडमा गौरा बिशेष सास्कृति कार्यक्रम तथा महिला पुरुष देउडा प्रतियोगित सम्पन्न भएको छ । भाद्र १९ गते दिनमा देउडा प्रतियोगिता र राति सास्कृतिक कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

सुदूरपश्चिमेलीहरुको मौलिक चांड गौरा पर्बको अवशरमा निङलाड् गोरा खालमा गौरा बिशेष सास्कृति कार्यक्रम तथा महिला पुरुष देउडा प्रतियोगित सम्पन्न कार्यक्रमका सभाध्यक्ष नरेन्द्र चन्द डङखेतले बताए ।

रायपुर आधारभुत बिद्यालयको आयोजना, केदारनाथ युवा क्बको सह–आयोजना र वडा कार्यालयको प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको सभाध्यक्ष चन्दले बताए । कार्यक्रममा महिला पुरुष छुट्टा छुट्टै देउडा र बिभिन्न मनोरञ्जनात्मक सास्कृति कार्यक्रम प्रस्तुत भएका थिए ।

केदारनाथ युवा क्लबका अध्यक्ष नरेन्द्र चन्द डङखेतको सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको थियो । यसैगरि कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जनक बहादुुर चन्द, बिशिष्ट अतिथिमा रायपुर बिद्यालयका प्रधानाध्यपक भरत बहादुर चन्द लगाएत सञ्चारक्रमि, सुरक्षाक्रमि लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.