मेलौलीका परियारद्धारा छोराको न्वारनमा शैक्षिक सामग्री बितरण

दिपक राज दिर्घायु
भाद्र २३ बिहीबार,२०७९

बैतडी–मेलौलीका केशब परियारले आफनो छोराको न्वारनमा शैक्षिक सामग्री बितरण गरेका छन । मेलौली नगरपालीका–०७ का परियारले आफ्नो दोस्रो सन्तानको न्वारनको अवशरमा शैक्षिक सामग्री बितरण गरेका हुन ।

बिहीबार मेलौली–०१ मा रहेको सिंगापुर आधारभुत बिद्यालयका करिब १०० बिद्यार्थीहरुलाई बिद्यालयमै उपस्थित भएर परियारले कापि, कलम र पेन्सिल बितरण गरेको बिद्यालयका प्रधानाध्यापक राजेश्वरि क्षेत्रिले जानकारी दिनुभयो ।

हाल नेपाल प्रहरीको जवान पदमा कार्यरत रहेका परियारले न्वारनमा गरिने फजुल खर्चलाई बचाएर शैक्षिक सामग्री बितरण गरेका हुन । यसरि बिद्यालयमै आएर बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेकोमा बिद्यालयका प्रधानाध्यापक क्षेत्रिले धन्यबाद ज्ञापन गरेका छन ।

न्वारनमा फजुल खर्च गर्नुको साटो बिद्यार्थीहरुलाई थोरै भएपनि शैक्षिक सामग्री बितरण गर्दा उनिहरुको पढाईमा टेवा पुग्ने भएकाले शैक्षिक सामग्री बितरण गरेको परियारले बताए ।

Leave A Reply

Your email address will not be published.