दिपक राज दिर्घायु
भाद्र २३ बिहीबार,२०७९
बैतडी–केदार आधारभुत बिद्यालय पञ्चेश्वर गाउपालीका–०४ मा छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। बिहीबार एक कार्यक्रमका बिच शिक्षक, बिद्यार्थी, अभिभावक, जनप्रतिनिधिको उपस्थितिमा साक्षरता दिवस मनाईको बिद्यालयका प्रधानाध्यापक खेमराज भट्टले बताए ।
दिवसको अवशरमा हाजिरी जावाफ प्रतियोगिता र सास्कृतिक कार्यक्रम गरिएको बिद्यालयका शिक्षक हरि दत्त भट्ट बताए । कार्यक्रममा बिद्यालयको शैक्षिक अवस्थाको सुधार र आगामि दिनहरुमा बिद्यालयको चौतर्फि बिकासका लागि के गर्न सकिन्छ भनेर छलफल गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब प्रशाद भट्टको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । यसैगरि कार्यक्रममा केदार आधारभुत बिद्यालयका भुतपुर्ब अध्यक्ष तथा वडा सदस्य मनिदत्त भट्ट प्रमुख अतिथि, पञ्चेश्वर गाउपालीका कार्यपालिका सदस्य मोहन राम ओड बिशिष्ट अतिथि र सम्पूर्ण अभिभावक लगायत स्थानियरुको बाक्लो उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।
युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।