मेलौली न्यूज
भाद्र २४ शुक्रबार,२०७९
बैतडी–नैपाली काँग्रेस बैतडीले प्रदेश सभा ‘ख’ बाट समानुपातिक उम्मेदवारमा राधा ओझालाई सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले ओझालाई प्रदेशसभा ‘ख’ को लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको हो ।
ओझा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको बैतडीको जिल्ला सदस्य, महिला संघ बैतडीको जिल्ला सदस्य हुन् । यसै गरि ओझा मंगलादेवी प्रतिष्ठानको जिल्ला अध्यक्ष समेत हुन् ।
काँग्रेस नेतृ ओझा २०७४ सालको स्थानीय तह निर्वाचनबाट मेलौली नगरपालिकाकी उपमेयरमा समेत निर्वाचित भएकी थिइन् ।