मेलौली न्यूज
भाद्र २९ बुधबार,२०७९
बैतडी–मणीलेक माबि काँडाले ५८ औँ राष्ट्रीय बाल दिवस मनाएको छ । बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ बिद्यालयले ५८औँ राष्ट्रीय बाल दिवस मनाएको बिद्यालयका प्रधानाध्यापक रमेश दत्त बागले बताए ।
बिद्यालयले बाल दिवसको अवसर पारि बिभिन्न विधामा उत्कृष्ट विधार्थीहरूलाइ पुरुष्कार समेत वितरण गरेको छ ।
दिवसको अवसर पारि भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, हाजिरी जवाफ,आधारभुत तहमा खेलाईने गोलो र चम्चा लगायतका प्रतियोगिता र विभिन्न विधामा उत्कृष्ट विद्यार्थिहरुलाई पुरुष्कार वितरण गरिएको प्रधानाध्यापक बागले बताए ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर सिंह भाटको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष राम चन्द्र भट्ट रहेका थीए ।