मेलौली न्यूज
भाद्र ३० बिहीबार,२०७९
बैतडी–जिल्लाका स्थानीय तहहरुको अन्तरपालिका समन्वय बैठक पाटन नगरपालिकामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठक जिल्ला प्रशासन कार्यालयको संयोजन तथा पाटन नगरपालिकाको आयोजनमा भएको हो ।
जिल्ला प्रशासन कार्यालयले हरेक महिना फरक पालिकामा गएर पालिका समन्वय बैठक गर्ने गरेकोमा दोस्रो बैठक पाटन नगरपालिकामा सम्पन्न भएको हो । पहिलो बैठक दशरथचन्द नरपालिकामा भएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्लामा भएका समस्याबारे स्थानीय तहका जनप्रतिनीधीसंग छलफलका एजेण्डाका रुपमा राख्नुभएको थियो । उहाँले स्थानीय तहले खनेका सडकहरुको रुट परमिट लिनको लागि पहल गर्नुपर्ने स्थानीय तहसंग अनुरोध गर्नुभयो । यस्तै बजार अनुगमनमा पनि स्थानीय तहले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी पन्थीले स्थानीय तहमा वर्षातले अवरुद्ध भएका सडकहरु तत्काल खोल्नको लागि पनि पालिकाहरुले पहल गर्नुपर्ने एजेण्डा राख्नुभएको थियो ।
बैठकमा स्थानीय तहका जनप्रतिनीधीहरुले आफ्नो पालिकामा भएका कामबारे जानकारी गराएका थिए । साथै उनीहरुले पालिकामा काम गर्दा भएका अफ्ठेरोका विषयमा पनि एकआपसमा छलफल गरे । बैठकमा १० वटा विभीन्न निर्णयहरु भएका छन्।
बैठकमा भएका निर्णयहरु

दिब्यास्त्र अनलाईन