दिपक राज दिर्घायु
असोज ०४ मगंलबार,२०७९
बैतडी–नेकपा एमाले मेलौली–०५ को वडा कमिटी बैठक सम्पन्न भएको छ । सोमबार वडा कमिटी अध्यक्ष तिलक सिह पुजाराको अध्यक्षतामा वडा कमिटि बैठक सम्पन्न भएका हो ।
नेकपा एमाले मेलौली नगर कमिटी ईन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य जगदिश सिह नायक र नेकपा एमाले मेलौली नगर कमिटी स–ईन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयालको बिशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको जनाईएको छ ।
बैठकबाट बिभिन्न निणर्यहरु समेत गरिएको वडा कमिटी अध्यक्ष तिलक सिह पुजाराले बताए । मेलौली नगरपालीका–०५ भित्र रहेका टोल कमिटी बैठक असोज १० गते सम्म समपन्न गरिसक्ने, जनबर्गिय सगठन कमिटीका बैठक असोज २२ गते भित्र गरिसक्ने निणर्य भएको उनले बताए ।
यसैगरि स्थानीय निर्वाचन सम्पन्न पश्चात निर्वाचित भएका मेलौली नगरपालिका जनप्रतिनिधिहरुले पालिका भित्र मदिरा ब्यवसाय गर्नका लागी अनुमती सिफारिस दिने निणर्य तथा मेलौली नगरपालीका–०५ को वडा कार्यालयबाट वडा बासिलाई प्रबाह गर्नुपर्ने सेवा प्रदान नभई जनप्रतिनिधिहरु वडा कार्यालयमा नभेटिने गरेको हुँदा आम नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भएकोमा नेकपा एमाले वडा कमिटिले ध्यानाकर्षण गराउने निणर्य गरिएको जनाईएको छ ।
नगरपालिकाले थप ब्यवसाय बिस्तार नगरी सञ्चालित मदिरा ब्यवसायलाई ब्यवस्थित गर्न नगरपालिकाको ध्यानाकर्षण गराउने, आर्थिक बर्ष २०७९/०८० को बजेट बिनियोजन जनजिबिका सवाल सम्बोधन नगरी आफ्ना कार्यकर्ता र आसेपासेको भ्रणपोषण गर्ने गरि बिनियोजित गरेको प्रती खेद प्रकट गर्ने निणर्य गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष पुजाराले बताए ।