डलरको भाउमा नयाँ रेकर्ड, एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा

मेलौली न्यूज
असोज ०७ शुक्रबार,२०७९

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ ९विनिमय दर० १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो नयाँ रेकर्ड हो । यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा ९भारु० हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

अहिले दशैँरतिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

Leave A Reply

Your email address will not be published.