असोज १६, आइतबार २०७९
बैतडी – मेलौली नगरपालिका वडा नम्बर १ रावल ढुङ्गा निवासी राधा दयालको उपचारमा सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।
दयाल गत भदौ सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ उपचार गर्न गइरहेको बेला यात्रुबाहक जीप दुर्घटना हुँदा घाइते भएका थिए ।उनको हाल भारतको राजस्थानमा उपचार भइरहेको छ।
दयालको कमर र खुट्टा मा गम्भीर चोट रहेको छ ।दयालको अप्रेसन सफल भएको परिवारले जनाएको छ ।परिवारको आर्थिक अबस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भएको पीडित दयाल परीवारको भनाई छ ।
राधाकोे उपचारमा क्रमिक रुपमा सुधार भएको तर आर्थिक अवस्था कमजोर भएकोले सहयोग गरिदिन उनका श्रीमान जीत दयालले सबैमा आग्रह समेत गरेका छन ।
सहयोग गर्न चाहे एनसीसी बैंकको खाता १४९०००००१९४१३ मा रकम जम्मा गरिदिन वा ९८४८७३९४३७ ,९८६५९८००५८नम्बरमा सम्पर्क गर्न सकिने छ ।