डडेल्धुरामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते


असोज २२, शनिबार २०७९

धनगढी -डडेल्धुरामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका(४ का नरबहादुर धानुक बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

उनलाई शुक्रबार दिँउसो गाउँ नजिकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा(४ का वडा अध्यक्ष नरेश भट्टले बताए। गम्भीर घाइते धानुकलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.