बैतडीमा प्रतिनिधिसभा उम्मेदवारले ३३ लाख र प्रदेशसभा उम्मेदवारले २१ र २३ लाख खर्च गर्न पाउने

असोज २२, शनिबार २०७९

बैतडी- निर्वाचन आगयोगले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सिमा तोकेको छ । बैतडीको हकमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने छन् ।

त्यसैगरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेश ‘क’का उम्मदेवारले २१ लाख र प्रदेश ‘ख’का उम्मेदवारले २३ लाख रुपैयासम्म खर्च गर्न पाउने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए ।

मंसिर ४ गतेको निर्वाचनमा बैतडीबाट १ लाख ५० हजार १५६ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

निर्वाचन आयोगले मतदाताको संख्यालाई ६० प्रतिशत भार, मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०÷२० प्रतिशत भार मानेर निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। मतदाताको संख्या, भुगोल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा तोकिएको छ।
कृष्ण बिष्ट

Leave A Reply

Your email address will not be published.