बैतडीमा वर्षाका कारण विद्यालयको भवन भत्कियो

असोज २२, शनिबार २०७९

बैतडी– लागातारको वर्षाले बैतडीमा एक विद्यालयको भवन भत्किएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्किएको हो ।

तीन कोठे भवन भत्किएको छ भने एक कोठे भवन भत्किने अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विष्टले बताउनुभयो ।

कक्षा पाँच सम्म पढाइ हुने सिगास आधारभूत विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केहि दिन देखिको लगातारको वर्षाले भत्किएका हुन् ।

बैतडीमा बुधबार राती देखि लगातार वर्षा भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.