१.
एक प्रहर सुते पछि,उठाउन आएकी थियौ ।
मुधशालाको मधु सगै अरु के के खाएकी थियौ ।
सोह्ैश्रृगारले धपक्क बलेर,कसरीआयौ त यति दुरमा
कहिल्यै नसक्ने बिर्सन, प्रितीका गीत गाएकी थियौ ।
२.
कालो बादलसंगै बेतमासको झरी परेर गयो ।
गयो बाढी पहिरो, जसको जे थियो सबै लगेर गयो ।
हेर्न आएकाथिए रे आकाशबाट, खै के देखेर गएहोलान,
पुरिएको एउटा शरीरले, राज्यलाई धन्यवादभनेर गयो ।
३.
मान्छेले मान्छेलाई चिन्दैन, पछाडीफर्केर जान्छ ।
एक प्रश्न सोध्नुहोस त, पुरा नसुनी झर्केर जान्छ ।
खै के के खान्छन होलाआजकालका मान्छेहरु,
आफु लड्दछन्अनिअरुलाई, हिलो छर्केर जान्छ ।
देवीप्याकुरेल
सुनसरी,
हाल, बैतडी, गोठालापानी ।।