असोज ३१, सोमबार २०७९
दार्चुला -दार्चुलामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले टोक्दा बालकको मृत्यु भएको हो ।
आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले टोकेर मृत्यु भएको प्रहरिले जनाएको छ ।
उनि हिजो आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका र घर फर्कने बेला अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।