असोज ३१, सोमबार २०७९
बैतडी -नेपाली काँग्रेस बैतडीका पुराना नेता महेशशरण भट्टको निधन भएको छ । सोमबार जिल्लाको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट निवासी भट्टको आफ्नै घरमा निधन भएको हो ।
श्वासप्रश्वासका बिरामी रहेका भट्ट केही वर्ष यता सक्रिय राजनीतिबाट टाढा बसेका थिए ।
काँग्रेस बैतडीको सचिव समेत भइसकेका भट्टले विभिन्न संघसंस्थाहरुको नेतृत्व समेत गर्नु भएको थियो ।